काठमाडौं ।
रसुवा जिल्लामा आएको आकस्मिक बाढीका कारण विद्युत् उत्पादन, प्रसारण तथा वितरण संरचनामा क्षति पुगेपछि विद्युत् आपूर्ति अवरुद्ध भएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार बाढीबाट रसुवागढी, चिलिमे, त्रिशूली–३ ए, त्रिशूली–३ बी हब २२० केभी सबस्टेसन, त्रिशूली तथा देविघाट जलविद्युत् केन्द्रलगायत विभिन्न विद्युत् संरचना क्षतिग्रस्त भएका छन्।
प्राधिकरणले विद्युत् आपूर्ति नियमित गर्न हरसम्भव प्रयास भइरहेको जनाएको छ। साथै, बाढीको जोखिम कायमै रहेकाले नदी तथा खोलाको आसपास र जोखिमयुक्त क्षेत्रमा रहेका कर्मचारी तथा सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन र जोखिम बढे सुरक्षित स्थानमा जान आग्रह गरेको छ। प्राधिकरणले आधिकारिक सूचनाबाहेकका अपुष्ट समाचार तथा अफवाहमा विश्वास नगर्नसमेत अनुरोध गरेको छ।














प्रतिक्रिया