काठमाडौँ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८, एकान्तमा ईभी माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु भएको छ।
मृत्यु हुनेमा २६ वर्षीया स्वस्तिका पौडेल र उनकी २ वर्षीया छोरी शान्दिका ज्ञवाली रहेका छन्। उनीहरू शौचालय जानका लागि गाडीबाट ओर्लिएका बेला विपरीत दिशाबाट आएको भे १ ज १४८२ नम्बरको माइक्रोबसले ठक्कर दिएको प्रहरीले जनाएको छ।
माइक्रोबसको ठक्करबाट गम्भीर घाइते भएका आमा–छोरीलाई उपचारका लागि जिल्ला अस्पताल सल्ले लगिएको थियो। उपचारकै क्रममा आज बिहान करिब ९ः३० बजे दुवै जनाको मृत्यु भएको हो।
घटनापछि प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान अघि बढाएको जनाएको छ। घटनासम्बन्धी थप विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ।











प्रतिक्रिया