काठमाडौँ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो सचिवालय विस्तार गरेको छ। शुक्रबार बसेको केन्द्रीय समिति बैठकले सचिवालय सदस्यमा थप १३ जनालाई मनोनयन गर्ने निर्णय गरेको हो।
नयाँ थपिने सचिवालय सदस्यमा पुरुषोत्तम यादव, शिशिर खनाल, गणेश पराजुली, कबिन्द्र बुर्लाकोटी, मनिष झा, विराजभक्त श्रेष्ठ, लीमा अधिकारी, दीपकराज बोहोरा, समीक्षा बास्कोटा, इन्दिरा राना, शिव नेपाली, जगदीश खरेल (ललितपुर) र मनोहर प्रधान रहेका छन्।
यसअघि साउन १३ गते बसेको केन्द्रीय समिति बैठकले ५ जनालाई सचिवालय सदस्य बनाएको थियो। पछिल्लो निर्णयसँगै रास्वपाको सचिवालय सदस्य संख्या १८ पुगेको छ।
रास्वपाको विधानअनुसार पार्टी सभापति रवि लामिछानेलाई बढीमा ३३ जनासम्मलाई सचिवालय सदस्य बनाउन सक्ने अधिकार रहेको छ।











प्रतिक्रिया