काठमाडौँ ।
देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल बागमती र गण्डकीका धेरै स्थानसहित देशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज देशभर सामान्यतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थान तथा कोशी र बागमतीका पहाडी–हिमाली क्षेत्रमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
गण्डकी र कर्णालीका पहाडी तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान छ। आज राति पनि वर्षाको सम्भावना कायम रहनेछ। सुदूरपश्चिमका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षासमेत हुनसक्ने महाशाखाले जनाएको छ।











प्रतिक्रिया