स्याङ्जामा अरौदी खोलाले मोटरसाइकलसहित बगाउँदा एक युवा बेपत्ता


स्याङ्जा ।

स्याङ्जाको पुतलीबजार नगरपालिकामा अरौदी खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाउँदा एक युवा सुरक्षित रूपमा सम्पर्कमा आएका छन् भने एक जना अझै बेपत्ता रहेका छन्।


प्रहरीका अनुसार घटना हिजो राति करिब साढे १० बजेतिर भएको हो। खोलामा आएको भेलले मोटरसाइकलसहित दुई जनालाई बगाएकोमा एक जनालाई सकुशल उद्धार गरिएको र अर्का एक जना भने अहिलेसम्म फेला पर्न सकेका छैनन्।

बेपत्ता युवाको खोजी तथा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डीएसपी रमेश अवस्थीले जानकारी दिनुभयो।
बेपत्ता युवाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।