काठमाडौँ ।
सुनसरीको धरानस्थित नरसिंह भगवान्को मन्दिरको नाममा रहेको १० कठ्ठा ५ धुर जग्गा हडप्न सरकारी कागजात नै किर्ते गरी नक्कली जग्गाधनी खडा गरिएको पाइएको छ । गलत प्रतिवेदन दिई व्यक्तिको नाममा नामसारी दर्ता गरी सार्वजनिक सम्पतिको हानिनोक्सानी पु¥याइएको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानबाट सो तथ्य बाहिर आएको हो ।
अख्तियारका अनुसार सुनसरीको साविक भादगाउ“ सिनवारी गाविस–४ क हाल रामध्ुनी नगरपालिका वडा नं २ मा रहेको ५ कठ्ठा ७ धुर र ४ कठ्ठा १८ धुर जग्गा प्रतिवादीहरूको आपसी मिलेमतो र योजनामा व्यक्तिको नाममा नामसारी गरिएको थियो । सो जग्गा साविक सिंगिया गाविस र धरान नगरपालिका–१४ नं. वडा कार्यालयबाट तयार गरिएका झुट्टा विवरणसहितका सर्जमिन मुचुल्का र नाता प्रमाणित कागजातका आधारमा व्यक्तिको नाममा पु¥याइएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो । त्यही आधारमा मालपोत कार्यालय सुनसरीले वि.सं. २०६५ जेठ २१ गते सो जग्गा टिरु चौधरीको नाउ“मा नामसारी गर्ने निर्णय गरेको थियो ।
धरान उपमहानगरपालिका वडा नं. १४ स्थित नरसिंह भगवान्को मन्दिरको नाममा रहेको जग्गा जम्मा दश कठ्ठा पा“च धुर आर्थिक वर्ष २०८२÷८३ को न्यूनतम मूल्याङ्कनअनुसार ३६ लाख १० हजार रुपैया“ पर्दछ । सो कार्य भ्रष्टाचारजन्य कसुर रहेकाले घटनामा संलग्नहरू विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।
सो कार्यमा संलग्न धरान नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडा, तत्कालीन सिंगिया गा.वि.सका तत्कालीन अध्यक्ष कपिलमणि दाहाल, मालपोत कार्यालय सुनसरीका तत्कालीन मालपोत अधिकृत (हाल अवकाश प्राप्त) सुशील वैद्य, तत्कालीन शाखा अधिकृत तुङगनाथ भण्डारी र तत्कालीन नायब सुब्बा केदारबहादुर कार्की विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
सो मुद्दामा तत्कालीन धरान नगरपालिका वडा नं १४ का तत्कालीन वडा सचिव उत्तम आले, नरसिंह भगवान्का मन्दिरमा पुजारी रहेका टिरु चौधरी, स्थानीय जग्गाको कारोबार गर्ने व्यक्ति पंकज घिमिरेलाई पनि प्रतिवादी बनाइएको छ । भागमैन थरुनीको हकमा निजको नाममा दर्ता कायम गरी हाल भोगचलन गर्दै आएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ बमोजिम सार्वजनिक सम्पत्ति (जग्गा) निजबाट जफत गरी पुनः मन्दिरको नाममा ल्याउन मागदाबी लिइएको छ ।
सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ज), दफा १९ को उपदफा (२) समेतको भ्रष्टाचारजन्य कसुर भएकाले अभियोगपत्रमा उल्लेख गरिएको छ ।











प्रतिक्रिया