सुर्खेत ।
सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१, बाङ्गीरहनजिकैबाट जीप भेरी नदीमा खसेको छ ।
बुधबार दिउँसो करिब २ बजेको समयमा बालुवा सङ्ग्रहबाट सल्लीबजारतर्फ जाँदै गरेको लु १ ज ३०२२ नम्बरको जीप जाजरकोट–छिन्चु सडकखण्डअन्तर्गत बाङ्गीरहनजिकै भेरी नदीमा खसेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार जीपमा चार जना सवार थिए । तीमध्ये दुई जना पौडी खेलेर सकुशल नदीबाट बाहिर निस्किएका छन् । जीप चालक र जिपधनी भने बेपत्ता रहेको प्रहरीले जनाएको छ ।
बेपत्ता चालक र जिपधनीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।











प्रतिक्रिया