काठमाडौँ ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगर–७ स्थित ऐतिहासिक ‘कोइराला निवास’को मर्मत तथा संरक्षणका लागि आर्थिक वर्ष २०८३/८४ को बजेटमा विनियोजन गरिएको २ करोड रुपैयाँ फिर्ता गर्न सरकारसँग आग्रह गरेका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सम्बोधन गर्दै उनले उपलब्ध सीमित राज्य स्रोत अभावमा रहेका नागरिकको हितमा उपयोग हुनुपर्ने उल्लेख गर्दै उक्त बजेट नैतिक रूपमा स्वीकार गर्न नसक्ने बताएका छन्।
पत्रमा उनले गत वर्षको आन्दोलनका क्रममा जलेर भौतिक रूपमा नष्ट भएको कोइराला निवासको ऐतिहासिक महत्व विचार, लोकतन्त्र, स्वतन्त्रता र राष्ट्रिय चेतनासँग जोडिएको उल्लेख गरेका छन्। साथै, विपी कोइरालाले जीवनभर जनताको गाँस, बास र कपासका लागि गरेको संघर्षलाई स्मरण गर्दै राज्यले नागरिकको समग्र हितमा स्रोत परिचालन गर्नु नै विपीप्रति सच्चा श्रद्धाञ्जली हुने बताएका छन्।












प्रतिक्रिया