भाग्यशाली यमाल


लन्डन, (एजेन्सी) ।

स्पेनका लागि युवा खेलाडी लामिन यामल भाग्यशाली रहेको छ । फिफा विश्वकप र यूरो च्याम्पियनसिपमा अहिलेसम्म यामल १२ पटक प्रारम्भिक ११ मा रहँदा स्पेनले ती सबै १२ खेलमा जित हासिल गरेको छ ।

यो अदभूत संजोगले गर्दा यामल स्पेनका लागि भाग्यशाली खेलाडी बनेका हुन् । यूरोपमा कोही पनि खेलाडीको यी दुई प्रतियोगिताको शुरुआती १२ खेलमा जितको सय प्रतिशत कीर्तिमान छैन ।

जारी विश्वकपमा पनि यमालकै कारण स्पेनले फ्रान्सविरुद्ध पेनाल्टी पाएको थियो । साथै जारी विश्वकपमा स्पेनबाट भएको पहिलो गोल पनि यमालले नै गरेका थिए ।