काठमाडौं, (नेस) ।
आईएसएफ फुटबल विश्वकपका लागि खेलाडी छनोट प्रतियोगिता च्यासलमा सुरु भएको छ । छनोटमा करिब ३ सय खेलाडीको सहभागिता रहेको नेपाल विद्यालय खेलकुद महासंघका महासचिव समेत रहेका आईएसएफका कार्यकारी समितिका सदस्य राजकुमार कार्कीले जनाएका छन् ।
छनोटको शिक्षा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार सिद्धि ब्याञ्जनकारले एक कार्यक्रमबीच उद्घाटन गरे । छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले अक्टोबर १७ देखि २६ तारिखसम्म चीनमा हुने आईएसएफ फुटबल विश्वकपमा सहभागिताका लागि अवसर प्राप्त गर्ने छन् ।











प्रतिक्रिया