ड्रेस टु इम्प्रेसमा ४ डिजाइनर विजेता


फेसनसम्बन्धी शैक्षिक संस्था आईआईएफटीको आयोजनामा राजधानीमा फेसन डिजाइनरहृरूको स्पर्धा ड्रेस टु इम्प्रेसको १३औँ संस्करण सम्पन्न भएको छ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा सम्पन्न कार्यक्रममा १ सय ५५ जना डिजाइनर विद्यार्थीले आप्mना सिर्जनात्मक फेसन डिजाइन प्रस्तुत गरेका थिए। आईआईएफटीको बागबजार र कुमारीपाटीका विद्यार्थीबीच भएको प्रतिस्पर्धामा डान्सिङ विथ द स्टार्स, अराउन्ड द वल्र्ड, ग्यालाक्टिक फेसन र अ पारालल युनिभर्स गरी ४ अवधारणाअन्तर्गत डिजाइन प्रस्तुत गरिएको थियो। ती चारै विधाबाट एक–एक जना उत्कृष्ट डिजाइनर चयन गरिएको छ।

डान्सिङ विथ द स्टार्स विधामा प्रेशा थापा उत्कृष्ट डिजाइनर तथा सुजाता खनाल पब्लिक च्वाइस अवार्ड विजेता भएका छन्। अराउन्ड द वल्र्डमा सुस्मिता ढुंगाना उत्कृष्ट डिजाइनर भएकी छन्। उनले यही विधाको पब्लिक च्वाइस अवार्डसमेत जितेकी छन्। ग्यालाक्टिक फेसनतर्फ जया थापा उत्कृष्ट डिजाइनर तथा अनुराधा बोहरा कार्की पब्लिक च्वाइस अवार्ड विजेता भएका छन्। अ पारालल युनिभर्स विधामा सृजना श्रेष्ठ उत्कृष्ट डिजाइनर र श्रीति पाण्डे पब्लिक च्वाइस अवार्ड विजेता भएका छन्।

विजेता डिजाइनरहरूले जनही २० हजार रुपैया“ नगद पुरस्कार प्राप्त गरेका छन्। पब्लिक च्वाइस अवार्ड विजेतालाई जनही १० हजार रुपैैयाँसहित ट्रफी, प्रमाणपत्र र विभिन्न उपहार प्रदान गरिएको छ।

प्रतियोगितामा फेसन डिजाइनर तथा उद्यमी मुक्ता श्रेष्ठ, निभा श्रेष्ठ, निशा श्रेष्ठ, रजनी माली र फेसन डिजाइनर महेश महर्जन निर्णायक रहेका थिए। कार्यक्रमको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए। कार्यक्रममा विद्यार्थीहरूले मौलिक सोच, सिर्जनशीलता र समकालीन फेसन प्रवृत्तिलाई समेटेका डिजाइन प्रस्तुत गरेका थिए। आकर्षक प्रकाश सज्जा, लयबद्ध संगीत र भव्य मञ्च व्यवस्थापनका कारण कार्यक्रम अन्तर्राष्ट्रिय स्तरको फेसन शोझैँ देखिएको थियो।

आईआईएफटीका प्रबन्ध निर्देशक फुपु तेन्जिङ शेर्पाले विद्यार्थीहरूको सिर्जनात्मक क्षमता उजागर गर्ने उद्देश्यले ड्रेस टु इम्प्रेसलाई प्रत्येक वर्ष अझ भव्य बनाउँदै लगिएको बताए। यस्ता कार्यक्रमले विद्यार्थीलाई नयाँ अवधारणामा काम गर्ने, आप्mनो कला प्रस्तुत गर्ने र व्यावसायिक रूपमा अघि बढ्ने अवसर प्रदान गर्ने विश्वास उनले व्यक्त गरे।