काठमाडौँ ।
देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी तथा तराईका धेरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी तथा पहाडी भूभागका एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
महाशाखाले वर्षासँगै हुन सक्ने बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।











प्रतिक्रिया