जुम्ला ।
कालीकोटको गगनेखोलामा गएराति परेको अविरल वर्षापछि गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ।
सडक डिभिजन कार्यालय जुम्लाका अनुसार पहिरो हटाउने काम बिहान ३ बजेदेखि जारी रहेको छ र यसका लागि सडक डिभिजन सुर्खेतसँग समन्वय भइरहेको छ।
कार्यालयले वर्षायाममा आवश्यक सावधानी अपनाउन तथा रातिको समयमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।











प्रतिक्रिया