त्रिविको उपकुलपतिमा प्रा.डा.भोला थापा नियुक्त


काठमाडौँ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा.भोला थापा नियुक्त भएका छन् । कुलपति समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले त्रिविको उपकुलपतिमा प्रा.डा.थापालाई शुक्रबार नियुक्त गरेका हुन् ।

यसअघि थापा काठमाडौं विश्वविद्यालयको उपकुलपति थिए ।

सिफारीस समितिले प्रा.डा. थापासहित प्रा.डा.नन्दबहादुर सिंह र प्रा.डा.दुर्गादत्त पौडेलको नाम सिफारिस गरेको थियो ।