काठमाडौँ ।
नेपालभर मनसुन पूर्ण रूपमा फैलिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका बाँकी क्षेत्रमा पनि मनसुन विस्तार भएसँगै देशभर यसको प्रभाव देखिएको हो।
आज देशभर सामान्यदेखि पूर्ण बदली रहने, धेरै स्थानमा मेघगर्जन–चट्याङसहित वर्षा हुने र कोशी, बागमती, गण्डकी, लुम्बिनी तथा कर्णालीका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। विभागले अद्यावधिक मौसम सूचना पालना गर्दै आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।











प्रतिक्रिया