ओलीको आरोप : सरकारी हस्तक्षेपले एन्फा प्रतिबन्धमा


काठमाडौं ।

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी हस्तक्षेपका कारण अखिल नेपाल फुटबल संघ (एन्फा)माथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)बाट प्रतिबन्ध लाग्ने अवस्था आएको आरोप लगाउनुभएको छ।

मंगलबार काठमाडौंमा नेपाल खेलकुद महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले खेलकुद क्षेत्रमा राजनीतिक हस्तक्षेप रोक्नुपर्नेमा जोड दिँदै एन्फामाथिको प्रतिबन्ध हटाएर नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने वातावरण बनाउनुपर्ने बताउनुभयो।

उहाँले खेलकुद क्षेत्रको दीर्घकालीन विकासका लागि सरकारले आधारभूत तहदेखि लगानी र सुधार गर्नुपर्ने उल्लेख गर्दै खेलाडीहरूको मनोबल कमजोर नपार्न आग्रह गर्नुभयो। साथै, आफ्नो नेतृत्वको सरकारले खेलकुद क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिएको दाबी पनि गर्नुभयो।