दाहाल र नेपालले शेखर कोइरालासँग गरे भेट

कोइराला निवासमा तीन नेताको राजनीतिक भेट


काठमाडौं । 

विराटनगरस्थित कोइराला निवासमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग शुक्रबार भेटवार्ता गर्नुभएको छ।

भेटका क्रममा देशको समसामयिक राजनीतिक अवस्था, विकसित घटनाक्रम तथा आपसी चासोका विषयमा छलफल भएको जनाइएको छ। भेटलाई वर्तमान राजनीतिक परिस्थितिका सन्दर्भमा अर्थपूर्ण रूपमा हेरिएको छ।