रास्वपा महाधिवेशन: मतदान अनिश्चित, भोटिङ मेसिनमा हाल्ने नाम आएको छैन


चितवन।

रास्वपा महाधिवेशनअन्तर्गत मतदान अझै बिलम्ब भइरहेको छ । विद्युतीय मतदान व्यवस्थापन गर्ने रामलक्ष्मण इनोभेसनका सञ्चालक रामप्रसाद रिमालका अनुसार यो पङ्क्ति तयार पार्दासम्म रास्वपा निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली दिएको छैन ।

रास्वपाले अहिले ८:३० मा मतदान शुरू गर्ने तालिका सार्वजनिक गरेको थियो । रिमालले ८:४० कटिसक्दा पनि नामावली प्राप्त नभएको बताए ।
‘अन्तिम नामावली आयो भने हामी एक-डेढ घण्टामा भोटिङ शुरू गर्न सक्छौं’, उनले भने, ‘हामी उहाँहरूसँग नाम मागिरहेका छौँ, पाइएको छैन ।’

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।