चितवन।
चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन आज पनि जारी रहेको छ। महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया अघि बढिरहेका बेला केन्द्रीय समिति सदस्य पदका आकांक्षी उम्मेदवारहरू प्रतिनिधिहरूसँग मत माग्न सक्रिय देखिएका छन्।
उम्मेदवारहरूले महाधिवेशनस्थलमा प्रतिनिधिहरूसँग भेटघाट गर्दै आफ्नो पक्षमा समर्थन जुटाउने प्रयास गरिरहेका छन्। निर्वाचनको माहोलसँगै महाधिवेशन परिसरमा उम्मेदवारहरूको प्रचार–प्रसार र मतदाता प्रतिनिधिसँगको संवाद पनि तीव्र बनेको छ।











प्रतिक्रिया