झापाको गौरीगञ्जमा चट्याङ लागेर ३० वर्षीय युवकको मृत्यु


काठमाडौं ।

झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। गौरीगञ्ज–३ सयपत्री टोलका ३० वर्षीय बलबहादुर श्रेष्ठको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

भोजपुरको आमचोक–९ घर भई उनी स्थानीय चन्द्रमाया श्रेष्ठको घरमा डेरा गरी बस्दै आएका थिए। आज बिहान आली खन्ने क्रममा उनलाई चट्याङ लागेको प्रहरीका सूचना अधिकारी रञ्जन अवाले जानकारी दिएका छन्।