अर्थमन्त्रीमाथि छानबिनको माग गर्दै शाहीले भने– ‘यो राजद्रोह हो’


काठमाडौँ।

राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि छानबिनका लागि संसदीय समिति गठनको माग राखेका छन् ।

सोमबारको प्रतिनिधिसभाको बैठकमा उनले करको दर हेरफेरबारे समिति गठनको माग गरेका हुन् । “बजेटबन्दा करका दर हेरफेर तथा दर कति हुन्छन् भन्ने अर्थमन्त्रीबाहेक कसैलाई थाहा हुँदैन,” उनले भने ।

उनले करका दर हेरफेर हुन लागेको सूचना लिक गरिएको भन्दै आपत्ति जनाए । “अर्थमन्त्रीमाथि छानबिन हुनुपर्छ । यो राजद्रोह हो,” उनले भने ।