नवलपरासी।
पूर्वी क्षेत्र गैडाकाेट २ स्थित नारायणी नदीमा डुबेका २ बालक मध्ये १ जनाकाे उद्धार गरिएको छ भने अर्का १ मृत भेटिएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार मंगलबार दिउँसाे ३:२० बजे नारायणी पुल नजिक पाैडी खेल्ने क्रममा २ बालक एकाएक नदीमा डुबेका थिए ।
नदीको गहिराइमा बालकहरू डुबेको देख्ने बित्तिकै केही स्थानीयले भरतपुर महानगर पालिका वडा नम्बर २ कलामन्दिर निवासी ९ वर्षीय विकल्प रानालाई उद्धार गरेका थिए ।
त्यसै गरी रानासंगै पाैडी खेल्ने क्रममा नारायणी नदीमा डुबेका साेही ठाउँका अन्दाजी वर्ष ९ कै बेपत्ता बालक भुशनरामलाई घटना स्थलबाट २० मिटर दक्षिणबाट गाेताखाेर टाेलीले मृत अवस्थामा नदीबाट बाहिर निकालेकाे सूचना अधिकारी प्रनाउ अनिल पण्डितले बताए ।
प्रनाउ पण्डितका अनुसार बेपत्ता बालककाे खाेजिका लागि ईप्रका गैडाकाेट,बाग्मती प्रदेश विपद व्यवस्थापन गुल्म चितवन तथा सशस्त्र प्रहरी गण १७ नम्बर हेडक्वाटर सहित गाेताखाेर टाेली परिचालन भएको थियो ।
उद्धार गरिएका बालक रानालाई उपचारका लागि जिल्ला सरकारी अस्पताल भरतपुर पठाईकाे र अवस्था मध्यम रहेको जानकारी प्राप्त भएको सूचना अधिकारी पण्डितले बताए ।











प्रतिक्रिया