गुल्मी, (नेस)। गुल्मीमा नेवार समुदायका नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको नेवारी मौलिक बाजा तालिमले स्थानीय समुदायमा सांस्कृतिक उत्साह थपेको छ। परम्परागत कला, संस्कृति तथा बाजागाजाको संरक्षण गर्दै नया पुस्तामा सांस्कृतिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको तालिममा नेवार समुदायका सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।
घरेलु तथा साना उद्योग कार्यालयको आयोजना तथा नेवा खलःको अगुवाइमा भएको तालिम १५ दिनसम्म सञ्चालन गरिएको थियो। तालिममा सहभागीहरूलाई धिमे बाजा, बाँसुरी, ताल, लय तथा परम्परागत बाजागाजाको सांस्कृतिक महत्वबारे व्यावहारिक प्रशिक्षण दिइएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख राजीव अर्यालले जानकारी दिए।
तालिमपछि सहभागीहरूले तम्घास बजारमा नेवारी भेषभूषासहित बाजा प्रदर्शन गरेका थिए। तालिममा सिकेका सीप प्रस्तुत गर्ने उद्देश्यले गरिएको उक्त सांस्कृतिक प्रदर्शनले बजार क्षेत्र नै सांस्कृतिक माहोलमय बनेको थियो।
दैनिक तीन चरणमा सञ्चालन गरिएको अभ्यास कार्यक्रममा प्रशिक्षार्थीहरूले नियमित रूपमा बाजा बजाउने कला सिकेका थिए। पछिल्लो समय आधुनिक संगीत र प्रविधिको प्रभावका कारण परम्परागत बाजागाजा तथा सांस्कृतिक अभ्यासहरू हराउदै जान थालेपछि यस्ता तालिम आवश्यक भएको गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष मृगेन्द्रप्रसाद श्रेष्ठले बताए।
नया पुस्तालाई आप्mनै मौलिक संस्कृतिस“ग जोड्ने, सांस्कृतिक पहिचान जोगाउने तथा सामुदायिक एकता मजबुत बनाउने लक्ष्यसहित तालिम सञ्चालन गरिएको कार्यालयले जनाएको छ। तालिममा सहभागी अधिकांश विद्यालय उमेर समूहका बालबालिका तथा युवाहरू रहेका थिए।
तालिममा सहभागी नानी श्रेष्ठले बाजा सिक्न पाउदा निकै उत्साहित भएको बताइन्। सहभागीहरूले आप्mनै मौलिक संस्कृतिको ज्ञान प्राप्त गर्न पाउ“दा गर्व महसुस भएको प्रतिक्रिया दिएका छन्।
तम्घासका नेवार समुदायले भाषा, भेषभूषा, जात्रा, नाचगान तथा बाजागाजामार्फत आफ्नो मौलिक संस्कृति जोगाउ“दै आएका छन्। समुदायका अग्रजहरूका अनुसार परम्परागत बाजा केवल मनोरञ्जनको माध्यम मात्र नभई सांस्कृतिक पहिचान, धार्मिक परम्परा तथा सामाजिक सम्बन्धको महत्वपूर्ण आधार पनि हो। विवाह, जात्रा, पूजा तथा विभिन्न सांस्कृतिक उत्सव र अवसरमा बजाइने बाजाले नेवार समुदायको मौलिकता झल्काउने गर्दछ। प्रशिक्षक सुदन मुनिकारले नयाँ पुस्तामा संस्कृति संरक्षणप्रति चासो बढ्दै गएको बताए।
नियमित अभ्यास र प्रशिक्षणले बालबालिका तथा युवालाई आप्mनो संस्कृतिप्रति थप जिम्मेवार बनाएको उनको भनाइ छ। तालिम समापनपछि आयोजित सांस्कृतिक कार्यक्रममा सहभागीहरूले सिकेका बाजा प्रस्तुत गरेका थिए। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले संस्कृति संरक्षणका यस्ता कार्यक्रमले समुदायको पहिचान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए। उनले सबै जातजातिको भाषा, कला संस्कृतिको महत्व रहेको उल्लेख गरे।
गुल्मीमा सञ्चालन गरिएको नेवारी मौलिक बाजा तालिमलाई परम्परागत कला संरक्षणको महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ। नया“ पुस्ताको सक्रिय सहभागिताले नेवार समुदायको मौलिक संस्कृति आगामी पुस्तासम्म सुरक्षित रूपमा हस्तान्तरण हुने विश्वास गरिएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ।











प्रतिक्रिया