तमोर करिडोरमा यात्रुबाहक सवारी दुर्घटना


काठमाडौं ।

तमोर करिडोर अन्तर्गत नावा खोलास्थित क्षेत्रमा यात्रुबाहक सवारी साधन दुर्घटनामा परेको छ।

प्राप्त प्रारम्भिक जानकारी अनुसार धरानबाट फिदिमतर्फ जाँदै गरेको यात्रुबाहक सवारी दुर्घटनामा परेको हो। दुर्घटनाको कारण, सवारीमा सवार यात्रुको संख्या तथा मानवीय क्षतिबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

स्थानीयवासी र सुरक्षाकर्मी घटनास्थलतर्फ परिचालन भएका छन्। उद्धार तथा थप विवरण संकलनको काम भइरहेको बताइएको छ।

दुर्घटनासम्बन्धी थप जानकारी प्राप्त हुनासाथ अद्यावधिक गरिनेछ।