काठमाडौं ।
नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा सेनासँग भएको झडपमा ५० जना जिहादी विद्रोही लडाकू मारिएका छन्। सेना र
आइएसडब्ल्युएपीबीच योबे राज्य नजिक बुनी गारी क्षेत्रमा बिहीबार भएको भिडन्तमा ठूलो परिमाणमा हातहतियार र गोलाबारुद पनि बरामद गरिएको सेनाले जनाएको छ।
झडपमा दुई सैनिकको पनि मृत्यु भएको बताइएको छ। बोको हराम र आइएसडब्ल्युएपीले पछिल्ला महिनाहरूमा पुनः आक्रमण तीव्र बनाएका छन्।











प्रतिक्रिया