तिलाठी कोइलाडी गाउँपालिकामा भीषण आगलागी, १२ घर जले


काठमाडौं ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ वभनगामा टोलमा शनिबार राति भएको भीषण आगलागीमा ६ परिवारका १२ घर जलेर नष्ट भएका छन्। स्थानीय राम अवतार यादवको गाईगोठमा बालिएको घुरबाट सल्किएको आगोले घर र गोठमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ।

आगलागीबाट खाद्यान्न, लत्ताकपडा, गरगहना, फर्निचर तथा नगदसहित करिब ४५ लाख रुपैयाँभन्दा बढीको धनमाल नष्ट भएको प्रारम्भिक अनुमान छ। बारुण यन्त्र र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।