काठमाडौँमा आज सुनचाँदीको मूल्यमा उल्लेखनीय वृद्धि


काठमाडौँ ।

काठमाडौँमा आज बुधबार सुनचाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ५,८०० रुपैयाँले बढेर २ लाख ९६ हजार ८०० रुपैयाँ पुगेको छ। यसअघि मंगलबार सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज १० ग्राम सुनको मूल्य २ लाख ५४ हजार ४६० रुपैयाँ कायम गरिएको छ। त्यस्तै, चाँदीको मूल्य पनि बढेर प्रतितोला ५ हजार ५५ रुपैयाँ पुगेको छ, जुन हिजोको तुलनामा १७५ रुपैयाँले बढी हो।

महासंघले अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनचाँदीको मूल्य प्रभावित भएको जनाएको छ।