डोलेश्वर भिलेज रिसोर्टले आइपिओ निकाल्ने


काठमाडौं ।

डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउसले प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति माग्दै निवेदन दर्ता गरेको छ । कम्पनीले जारी पुँजीको ३० प्रतिशत बराबर १६ लाख २० हजार कित्ता साधारण सेयर प्रति कित्ता १०० रुपियाँका दरले आइपिओ निष्कासन गर्ने योजना बनाएको हो ।

वि.सं. २०७६ सालदेखि सञ्चालनमा रहेको उक्त रिसोर्ट भक्तपुर जिल्लाको डोलेश्वर क्षेत्रमा १० रोपनी क्षेत्रफलमा फैलिएको छ । पाँचतारे होटलमा स्तरोन्नति हुने प्रक्रियामा रहेको यो रिसोर्ट आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको प्रमुख गन्तव्यका रूपमा स्थापित हुँदै आएको छ ।

कम्पनीले आइपिओ निष्कासनका लागि बिक्री प्रबन्धकको रूपमा सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ भने केयर रेटिङ नेपालले कम्पनीलाई ‘बी प्लस’ रेटिङ प्रदान गरेको छ ।