काठमाडौं ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अन्तर्राष्ट्रिय श्रमिक दिवस, बुद्ध जयन्ती तथा उभौली पर्वको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा शुभकामना व्यक्त गरेका छन्।
उनले एक शुभकामना सन्देश जारी गर्दै श्रमिकहरूको अधिकार, सम्मान र योगदानको कदर गर्नुपर्नेमा जोड दिएका छन्। साथै, भगवान बुद्धले दिएको शान्ति, करुणा र अहिंसाको सन्देशलाई आत्मसात गर्दै समाजमा मेलमिलाप र सहिष्णुता कायम गर्न आग्रह गरेका छन्।
डा. कोइरालाले उभौली पर्वले प्रकृतिसँगको सम्बन्धलाई सुदृढ बनाउने विश्वास व्यक्त गर्दै सबैलाई सुख, शान्ति र समृद्धिको कामना गरेका छन्।











प्रतिक्रिया