काठमाडौं ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बुद्ध जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै विश्वमा शान्ति, सहिष्णुता र मैत्रीभाव कायम होस् भन्ने कामना गर्नुभएको छ।
उहाँले करिब २६५० वर्षअघि सिद्धार्थ गौतमको जन्म, बोधि प्राप्ति र २५७० वर्षअघि महापरिनिर्वाण भएको यसै पावन दिनले मानव इतिहासलाई करुणा र अहिंसाको मार्ग देखाएको उल्लेख गर्नुभयो।
उहाँले बुद्धका शाश्वत सन्देशले मानव सभ्यतालाई सत्य, करुणा र शान्तितर्फ डोर्याएको बताउँदै सबैको अन्तर्मनमा करुणाको दीप बलोस् भन्ने कामना गर्नुभएको छ।












प्रतिक्रिया