काठमाडौं ।
२५७०औं बुद्ध जयन्ती आज देशभर विभिन्न कार्यक्रमका साथ श्रद्धापूर्वक मनाइँदैछ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वले गौतम बुद्धको शान्ति, अहिंसा र मैत्रीका सन्देशलाई स्मरण गराउँछ।
यस अवसरमा लुम्बिनी, स्वयम्भू र बौद्ध क्षेत्रमा विशेष पूजा, प्रवचन तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ। वैशाख शुक्ल पूर्णिमाकै दिन बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण भएको विश्वास गरिन्छ।
इसापूर्व ५६३ मा लुम्बिनीमा जन्मनुभएका बुद्धले दरबार त्यागी ध्यान र तपस्यामार्फत मानव जीवनलाई शान्ति र सत्यको मार्ग देखाउनुभएको थियो।











प्रतिक्रिया