सुनचाँदीको मूल्यमा निरन्तर गिरावट


काठमाडौं । 

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्ने क्रम बिहीबार पनि जारी रह्यो। मंगलबारदेखि ओरालो लागेको सुनको मूल्य बुधबार प्रतितोला तीन हजार रुपैयाँले घटेपछि बिहीबार थप एक हजार आठ सय रुपैयाँले घट्दै दुई लाख ९२ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन यसको मूल्य दुई लाख ९४ हजार पाँच सय रुपैयाँ थियो।

चाँदीको मूल्य पनि घटेको छ। बुधबार प्रतितोला चार हजार नौ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक सय पाँच रुपैयाँले घटेर चार हजार आठ सय १० रुपैयाँमा झरेको छ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य प्रतिऔंस चार हजार पाँच सय ५३ अमेरिकी डलरमा कारोबार भइरहेको जनाइएको छ।