काठमाडौँ।
हाल नेपालमा पश्चिमी र स्थानीय वायुका साथै पूर्वी क्षेत्रमा सक्रिय न्यून चापीय प्रणालीको प्रभावका कारण देशभर बदली भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने कोशी र मधेस प्रदेशसहित हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
तराईका केही स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ। राति भने हिमाली क्षेत्रमा सामान्य बदली र पहाडी तथा तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ।











प्रतिक्रिया