पूर्वगृहमन्त्री  सुधन गुरुङमाथि छानबिन चाँडै हुन्छ : सभापति लामिछाने


काठमाडौँ। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पूर्वगृहमन्त्री सुधन गुरुङमाथी छिट्टै छानबिन गर्ने बताएका छन् ।

बुधवार बसेको संसदीय दलको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले छानबिन प्रक्रिया छिट्टै शुरु हुने जानकारी दिएका हुन् । गुरुङले नै आफूमाथी छानविनको माग गरेको उनले बताए । उनकाअनुसार कुन प्रक्रियाबाट छानबिन गर्ने भन्ने विषय भने टुंगो लागेको छैन ।

उनले भने, ‘छानविनको प्रक्रिया चाँडै शुरु हुन्छ,त्यो कस्तो प्रकारको हुन्छ भन्ने तपाईहरुले जानकारी पाईहाल्नु हुन्छ, उनले अहिले नैतिकता देखाएर, म माथी प्रश्न उठेको हुनाले छानबिन गरियोस् नै भनेका छन् । उनीमाथि छानबिन हुन्छ, कुन प्रक्रिया बाट छानबिन गर्ने भन्ने छ, चाँडै छानबिन हुन्छ ।’

विवादीत व्यवसायी दीपक भट्टसंग अनुचित कारोबार लागेको आरोप लागेपछि गुरुङले गृहमन्त्रीबाट राजिनामा दिएका थिए ।