उच्च अदालत पाटनद्वारा ललितपुर महानगरलाई कारण देखाऊ आदेश


ललितपुर।

उच्च अदालत पटनले ललितपुर महानगरपालिकाको निर्णयविरुद्ध परेको रिट निवेदनमा कारण देखाऊ आदेश जारी गरेको छ।

न्यायाधीश स्वीकृति पराजुलीको एकल इजलासले रविन्द्र महर्जनद्वारा दायर गरिएको परमादेशको रिटमा प्रारम्भिक सुनुवाइपछि महानगरपालिकालगायत विपक्षीहरूका नाममा लिखित जवाफ पेश गर्न आदेश दिएको हो।

अदालतले विपक्षीहरूलाई म्याद सूचना प्राप्त भएको मितिले बाटाका म्याद बाहेक १५ दिनभित्र आफ्नो लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ। साथै, उक्त अवधिभित्र जवाफ नआएमा नियमानुसार प्रक्रिया अगाडि बढाइने जनाइएको छ।

निवेदनमा महानगरपालिकाको निर्णयका कारण मन्दिरको संरचना र सौन्दर्यमा असर पुग्ने दाबी गरिएको छ। विशेषगरी रातो रङको दाची इट्टामा सेतो रङ पोत्ने कार्यले मन्दिरको मौलिकता नष्ट हुने सम्भावना रहेको उल्लेख गरिएको छ।

अदालतले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने सम्बन्धमा थप सुनुवाइ आवश्यक देखिएको भन्दै उक्त विषयमा छलफल गर्न वैशाख ११ गतेका लागि पेशी तोकेको छ।

उक्त रिट निवेदनमा निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ र अधिवक्ता भावना रंजितले बहस गरेका थिए।

यो पनि

रातो मच्छिन्द्रनाथको मन्दिरमा रङ लगाउने विषयमा विवाद