काठमाडौं ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र भरतपुरले चालु आर्थिक वर्षमा विद्युत् महसुल नतिर्ने २७७ ग्राहकलाई कालोसूचीमा राखेको छ। ती ग्राहकबाट एक करोड ४ लाख १७ हजार ३८१ रुपैयाँ बक्यौता उठ्न बाँकी रहेको केन्द्रले जनाएको छ।
सूचना अधिकारी नन्दराम विष्टका अनुसार लामो समयसम्म महसुल नतिरेका ग्राहकविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको छ। बक्यौता असुलीका लागि केन्द्रले यस अवधिमा १,८२६ ग्राहकको विद्युत् लाइन समेत काटेको छ।
हाल केन्द्रमा ७४ हजार ८७६ ग्राहक रहेकामा कुल ४९ करोड ४ लाख १० हजार ४३७ रुपैयाँ बक्यौता उठ्न बाँकी रहेको छ। केन्द्रले लाइन काट्ने, सूचना दिने लगायतका माध्यमबाट बक्यौता असुली कार्यलाई तीव्र बनाएको जनाएको छ।











प्रतिक्रिया