बायर्नलाई बुन्डेसलिगाको उपाधि


लन्डन, (एजेन्सी) ।

बायर्न म्युनिख जर्मनीको घरेलु लिग बुन्डेसलिगाको विजेता बनेको छ । टोलीको यो समग्रमा ३५ औं पटकको लिग उपाधि हो भने पछिल्ला १४ सिजनमा १३ औं घरेलु लिग उपाधि हो । बायर लेभरक्युसेनले एकपटक २०२३–२४ सिजनमा उपाधि जितेको थियो । यो बायरको पहिलो लिग उपाधिसमेत थियो ।

यस सिजनमा बुन्डेसलिगामा उपाधि जितेपछि बायर्न तेहेरो उपाधि जित्ने निकट रहेको छ । बायर्नले जर्मन कप र च्याम्पियन्स लिगका सेमिफाइनल खेलहरू खेल्न बाँकी छ । यदि, तेहेरो उपाधि जितेमा यो तेस्रोपटक यस्तो उपलब्धि हुनेछ । यसअघि जर्मन टोलीले २०१२–१३ र २०१९–२० मा तेहेरो उपाधि जितेको थियो ।