उदयपुर ।
उदयपुरको बेलकामा सोमबार भएको दुर्घटनामा एक युवकको ज्यान गएको छ । बेलका नगरपालिका ३ को नयाँटोलमा यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिएर भएको दुर्घटनामा सोही वडाको त्रिबेणी टोलका रोमन बस्नेतको निधन भएको हो ।
रामपुर बजारबाट सातपत्रेतर्फ बिहेको जन्ती बोकेर जाँदै गरेको प्रदेश ०१–०२–००२ ख ०१५८ नम्बरको बसले प्रदेश ०१–०२–०४५ प ८४४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बस्नेतको घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ् ।
मोटरसाइकल चालक बस्नेतलाई उनकै घर नजिक ठक्कर दिएर दुर्घटना भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी चिरञ्जिवी थापाले घट्नाबारे पुष्टि गर्दै विस्तृत विवरण भने आईनसकेको बताए ।
बसको ठक्करले मोटरसाईकल चालक २७ वर्षीय बस्नेतको निधन भएको बताउँदै डिएसपी थापाले विस्तृत विवरण भने खुलिनसकेको र बसका चालक र सह चालक पनि फरार रहेको स्थानीयले जानकारी दिएको बताए । उनका अनुसार इलाका प्रहरी कार्यालय रामपुरबाट गएको टोलीले घट्नास्थलको कानुनी प्रक्रिया पुरा गरि शब पोष्टमार्टमका लागि अस्पताल पठाएको छ











प्रतिक्रिया