काठमाडौँ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक सत्र २०८३ का लागि विद्यालयहरूमा सरकारद्वारा स्वीकृत पाठ्यपुस्तक मात्र प्रयोग गर्न निर्देशन दिएको छ। साथै विद्यालय परिसरभित्र पोसाक, पाठ्यपुस्तक तथा स्टेशनरी सामग्री बिक्री–वितरण नगर्न पनि स्पष्ट रुपमा भनिएको छ।
केन्द्रले देशभरका ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइलाई पत्राचार गर्दै तत्काल अनुगमन गरी नियम उल्लङ्घन गर्नेहरूलाई कारबाही गर्न निर्देशन दिएको हो। परिपत्रमा केही निजी प्रकाशकहरूले बढी मूल्य तोक्ने, न्यून गुणस्तरका सामग्री प्रयोग गर्ने तथा स्वीकृति नलिई पाठ्यपुस्तक बिक्री गर्ने गुनासो आएको उल्लेख गरिएको छ।
विद्यार्थी र अभिभावकलाई अतिरिक्त आर्थिक भार नपरोस् भन्ने उद्देश्यले यस्तो कदम चालिएको केन्द्रले जनाएको छ। साथै स्थानीय तहसँग समन्वय गरी विद्यालयहरूमा आकस्मिक अनुगमन गर्न र दोषी प्रकाशक वा विद्यालयलाई कानुनी दायरामा ल्याउन पनि निर्देशन दिइएको छ।












प्रतिक्रिया