विष्णुमती किनारबाट चार पेस्तोल र ५८ राउन्ड गोली बरामद


काठमाडौं ।

विष्णुमती नदी किनारबाट प्रहरीले चार थान पेस्तोल, ५८ राउन्ड गोली र सात थान म्यागजिन बरामद गरेको छ।

काठमाडौं महानगरपालिका–१५ शोभाभगवतीस्थित विष्णुमती खोला किनारमा सरसफाइका क्रममा ती हतियार फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बरामद पेस्तोल टाइप–५४ रहेको र त्यसका सात थान म्यागजिन पनि भेटिएको प्रहरीले जानकारी दिएको छ।

आइतबार बिहान महानगरपालिका र प्रहरीको संयुक्त सरसफाइ टोलीले खोला किनार सफा गर्ने क्रममा हतियार फेला पारेको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।