रुपन्देहीको तिलोत्तमामा सुत्केरी महिलाको रहस्यमय मृत्यु

752
Shares

बुटवल। 

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ४ सुनौलोपथमा भाडामा बस्ने वर्ष ४० की  २ महिनाकी सुत्केरी महिलाको रहस्यमय तरिकाले मृत्यु भएको  छ ।  विगत केही वर्षदेखि भाडामा बस्दै आएका मन्जु नेपाली र श्रीमान् कमल नेपाली दुवै जना मजदुरी गर्ने गरेका थिए । शनिवार राती दुवै जनाले मदीरा पीयको र सामान्य झगडासमेत भएको स्थानीयले बताएको भन्दै इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक निशान्त श्रीवास्तवले बताए । 

आईतवार विहान उनीहरू बस्ने कोठामा मन्जुको मृत अवस्थामा शरीर फेला परेको प्रहरीले जनाएको छ ।  दुई महिनाकी छोरीसंगै रहेकी मन्जुको हत्यावाट होकी अन्य कुनै कारणले ज्यान गएको हो भन्ने कुरा पोष्टमाटम पछि मात्र थाहा हुने प्रनाउ श्रीवास्तवले बताए । अहिले श्रीमान् र आफन्तहरुसंग बुझ्ने काम भइरहेको छ । मन्जु धार्दिङ माईत भएकी र उनीहरुबीच प्रेम विवाह भएको बताइएको छ ।