पश्चिमी र स्थानीय वायु सक्रिय, ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना


काठमाडौँ । 

नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशीसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही पहाडी तथा हिमाली भूभागमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिमका उच्च भूभागमा पनि आंशिक वर्षा हुन सक्छ।

तराई क्षेत्रमा भने आंशिक बदली रही तातो मौसम रहने अनुमान गरिएको छ। राति हिमाली क्षेत्रमा सामान्य बदली र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहँदा तराईमा मौसम मुख्यतया सफा रहनेछ।