उदयपुर।
उदयपुरको बेलका नगरपालिका १ अम्बासीमा शुक्रबार दिउँसो १२.१० बजे मोटर साइकलको ठक्करबाट एक जना साइकल यात्री घाइते भएकोमा उपचारका क्रममा ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार वेलका नगरपालिका वडा नं. १ आम्बासी कालिखोला स्थितमा मोटरसाइकलको ठक्करबाट एक साइकल यात्री घाइते भै उपचारकालगि बिराटनगरस्थित बिराट नर्सिङ होम लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो ।
सप्तरीको फत्तेपुरबाट उदयपुरको शनिबारे तर्फ आउँदै गरेको प्र– १ –०५–००१ प ५७३८ नं को मोटरसाइकलले सोही दिशाबाट जाँदै गरेको साइकललाई ठक्कर दिँदा चौदण्डीगढी नगरपालिका वडा नं. ४ बसाहा नमुना टोल बस्ने अन्दाजी ६० वर्षीय घल बहादुर भुजेल गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि विराट नर्सिङ होम, विराटनगर लगिएकोमा उपचारको क्रममा १४ः१५ बजे मृत्यु भएको चिकित्सकले जानकारी दिएका छन्।
दुर्घटनामा संलग्न मोटरसाइकल चालक समेत घाइते भएका छन्। । उनलाई प्रहरी नियन्त्रणमा राखी प्रारम्भिक उपचारका लागि फत्तेपुरस्थित सप्तकोशी अनुकुल पोलिक्लिनिकमा उपचार पश्चात थप उपचारका लागि विराटनगरस्थित सुविधा सम्पन्न अस्पताल पठाइएको छ ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय रामपुरठोक्सिला तथा अस्थायी प्रहरी बिट आम्बासीबाट प्रहरी टोली खटिई उद्धार तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।











प्रतिक्रिया