छैटौै कटारी गोल्डकपः नाईजेरिया फाईनलमा अघि बढ्यो सहलेसपछि भयो

1.03k
Shares

उदयपुर ।

उदयपुरको कटारीमा चैत्र २८ गते शनिबारबाट जारी छैटौँ कटारी अन्तर्राष्ट्रिय आमन्त्रित मेयर गोल्डकप ‘ नकाउट फुटबल प्रतियोगितामा ’नाईजेरियन क्लव जष्ट जोन फाईनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा अन्तिम सेमिफाईनलमा टाईपव्रेकरमा साविक उपविजेता शहलेस फुटबल क्लब , सिरहालाई ४–३ गोल अन्तरले पराजित गर्दै जोन फाईनलमा प्रवेश गरेको हो ।


खेल अवधिमा १–१ गोलको बराबरी भएपछि टाईपव्रेकरबाट नतिजा निकालिएको हो । खेलको निर्धारित समयमा शहलेसका लागि खेलको दुई मिनेटमै राज भुषालले गोल गरेर अग्रता दिलाएका थिए । तर खेलको २६ औं मिनेटमा जोनका लागि डेमोला हमजादले गोल गरेर बराबरी गरेका थिए ।

त्यसपछी दुवै टिमबाट गोल हुन सकेन । खेलको ५७ औं मिनेटमा फउल गरेपछी शहलेसका लागि युवराज ढकाल रातो कार्ड खाएर वाहिरिएका थिए । त्यसपछी शहलेस १० जना खेलाडीमा सिमित भएको थियो ।

टाईपव्रेकरमा जोनका लागि अबमल्हा हमजाद , सुनकनाल सोयन्का , फेमी एडेसिना र ओलाए डेभिसले गोल गरे । शहलेसका लागि अनिल पाचे मगर , अजित चौधरी र निष्चल लामाले गोल गरेका थिए । शहलेसका विदेशी नाईजेरियन खेलाडी एनिसेट र शुसिल यादवको वललाई जोनका गोलरक्षक डोडो अलुले नियन्त्रणमा लिए ।

खेलको म्यान अफ द म्याच जोनका गोलरक्षक अलु नै घोषित भए । उनलाई आयोजक कटारी नगर खेलकुद विकास समितिका उपाध्यक्ष राजकुमार थापा क्षेत्रीले नगद पाँचहजारका साथमा ट्रफी र मेडल प्रदान गर्नुभयो ।


प्रतियोगिताको विजेताले नगद रु पाँचलाखका साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन् । त्यसैगरी उपविजेताले नगद रु तीनलाखका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपाधिका लागि अव ५ वैशाखमा जोनले चात्यासा फुटबल क्लव , झापासँग प्रतिष्पर्धा गर्नेछ । झापाले हिजो सम्पन्न पहिलो सेमिफाईनलमा आयोजक कटारी ११ लाई ३–० गोल अन्तरले पराजित गर्दै फाईनलमा स्थान सुरक्षित गरिसकेको छ । प्रतियोगितामा आमन्त्रित नाईजेरियको जष्ट जोन र भारतको रिभर दि स्पोर्टिङ्ग सिक्किम र नेपालका ६ टिम सहित ८ टिम सहभागी भएका थिए ।