बसु माया तामाङलाई सम्मान तथा अभिनन्दन


काठमाडौं
नेपाल इटाली उद्योग वाणिज्य संघ (एनआईसीसीआई) ले नवनिर्वाचित सांसद बसु माया तामाङलाई सम्मान तथा अभिनन्दन गरेको छ । अध्यक्ष संजय अग्रवालको नेतृत्व तथा बोर्ड सदस्यको उपस्थितिमा आयोजित कार्यक्रम सिद्धार्थ वनस्थली इन्स्टिच्युटमा सम्पन्न भएको हो ।

संघकी सम्मानित सदस्यसमेत रहेकी तामाङलाई व्यवसायिक समुदाय र सामाजिक विकासमा दिएको योगदान, नेतृत्व तथा सक्रियताका लागि चिनिन्छ । उनको निर्वाचन सार्वजनिक सेवा र समावेशी विकासप्रतिको प्रतिबद्धताको प्रतीक भएको संघले जनाएको छ ।

कार्यक्रममा संघले तामाङलाई बधाई दिँदै नयाँ भूमिकामा अर्थपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरेको छ । साथै कार्यक्रम सफलतापूर्वक आयोजना गर्न योगदान पु¥याउने वरिष्ठ उपाध्यक्ष रुपक राजवंशी र कार्यकारी बोर्ड सदस्य सुनिता सिंहप्रति संघले आभार व्यक्त गरेको छ ।