रोयल इन्फिल्ड गोवन क्लासिक ३५० नेपालमा सार्वजनिक


काठमाडौँ
मिड–साइज मोटरसाइकल सेग्मेन्टमा अग्रणी रोयल इन्फिल्डले नेपालमा २०२६ एडिसन गोवन क्लासिक ३५० सार्वजनिक गरेको छ । बोबर–प्रेरित डिजाइनमा आएको यो मोटरसाइकल स्वतन्त्र र मुक्त जीवनशैली झल्काउने शैलीका साथै राइडर–केन्द्रित नयाँ सुविधासहित बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।

नयाँ मोडेलमा ३४९ सिसी एयर–अइल कूल्ड सिंगल–सिलिन्डर इन्जिन जडान गरिएको छ, जसले ६,१०० आरपिएममा २०.२ बीएचपी पावर र ४,००० आरपिएममा २७ एनएम टर्क उत्पादन गर्छ । कम्पनीका अनुसार यो इन्जिनलाई लेड–ब्याक बोबर शैलीअनुसार स्मुथ र आरामदायी राइडिङ अनुभव दिन विशेष रूपमा ट्युन गरिएको छ । यसको ५–स्पिड गियरबक्सले सहरको भीडभाडदेखि खुला राजमार्गसम्म सहज गियर परिवर्तन र आरामदायी यात्राको अनुभव दिन्छ ।

मोटरसाइकलमा नयाँ असिस्ट–एन्ड–स्लिपर क्लच, अपग्रेड गरिएको यूएसबी टाइप–सी चार्जिङ पोर्ट तथा डाउनशिफ्टमा राम्रो नियन्त्रण दिने प्रणाली समावेश गरिएको छ । यसले राइडरलाई थप सहज, सुरक्षित र आरामदायी अनुभव दिने कम्पनीको दाबी छ ।

डिजाइनतर्फ यसले आफ्नो सिग्नेचर सिंगल–सिट बोबर स्टाइल कायम राखेको छ । फ्लोटिङ राइडर सिट, ह्वाइटवाल एज–टाइप एलुमिनियम ट्युबलेस स्पोक ह्विल, चपर–स्टाइल फेन्डर, स्ल्यास–कट एग्जस्ट र मिड–एप ह्यान्डलबारले यसलाई आकर्षक र प्रिमियम लुक दिएका छन् ।

लन्च अवसरमा अल्फा अटोमोटिभ प्रा.लि.का निर्देशक मेघराज पौडेलले नेपाली राइडरहरू माझ यो मोडेलले विशेष आकर्षण पाउने विश्वास व्यक्त गरे। उनका अनुसार गोवन क्लासिक ३५० ले स्वतन्त्र जीवनशैली रुचाउने राइडरहरूका लागि फरक पहिचान बनाउनेछ । यो मोडेल नेपालभरका आधिकारिक रोयल इन्फिल्ड शोरुमहरूमा उपलब्ध हुनेछ ।

मूल्य (एक्स–शोरुम)ःस्याक ब्ल्याक र पर्पल हेजको लाख ९८ हजार ट्रिप टिल र रेव रेड ६ लाख २ हजार रुपियाँ रहेको छ ।