पपस्टार रिहानाको बेभर्ली हिल्सस्थित घरमा गोली प्रहार भएको छ।अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले प्रहरीलाई उद्धृत गर्दै जनाएअनुसार घटना गत आइतवार दिउसोको हो। गोली चलेको खबर पाएपछि लस एन्जलस प्रहरी विभागका प्रहरीहरू आइतवार स्थानीय समयअनुसार दिउ“सो १ः१५ बजे घटनास्थल पुगेका थिए। घटना स्थलबाट प्रहरीले प्रहरीले एक संदिग्ध व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार रिहानाको घरलाई निसाना बनाएर करिब ३० वर्षकी एक महिला कार रोकेर घर बाहिरबाट सात राउन्ड गोली प्रहार गरेपछि तीव्र गतिमा भागेकी थिइन्। घटनास्थलबाट आक्रमणमा प्रयोग भएको राइफलका गोलीका खोकासमेत बरामद भएको छ। गोली चल्दा रिहाना घरभित्रै थिइन् भने सो घटनामा कुनै पनि मानवीय क्षति भने नभएको समाचारमा जनाइएको छ।
ती महिलालाई प्रहरीले रिहानाको घरको आठ माइल टाढाबाट पक्राउ गरेको जनाएको छ। नियन्त्रणमा लिएकी ती महिलाको पहिचान भने प्रहरीले खुलाएको छैन।











प्रतिक्रिया