काठमाडौँ
नेपालको पहिलो र एकमात्र एनएस सर्टिफाइड टायल कम्पनीको रूपमा ऐतिहासिक उपलब्धि प्राप्त गरेको छ । प्राइम टायल्सले नेपाल सरकारअन्तर्गतको नेपाल गुणस्तर तथा नापतौल विभाग (ब्युरो अफ नेपाल स्ट्यान्डड्र्स एन्ड मेट्रोलोजी (बीएनएसएम)बाट एनएस ६ सय १७ मापदण्डअनुसारको एनएस प्रमाणपत्र प्राप्त गर्दै नेपालको वाल र फ्लोर टायल क्षेत्रमा पहिलो तथा हालसम्मकै एकमात्र एनएस सर्टिफाइड टायल कम्पनीको रूपमा आफ्नो पहिचान स्थापित गरेको छ ।
यस प्रमाणपत्रले प्राइम टायल्सका उत्पादनहरू राष्ट्रिय गुणस्तर मापदण्डअनुसार परीक्षण, प्रमाणीकरण तथा स्वीकृत भएको औपचारिक पुष्टि गरेको छ । यो उपलब्धि कम्पनीको उच्च गुणस्तर, दीर्घकालीन टिकाउपन, सुरक्षित प्रयोग तथा आकर्षक डिजाइनप्रतिको प्रतिबद्धताको स्पष्ट प्रमाण हो ।
प्राइम टायल्सका वाल तथा फ्लोर टायल घर, कार्यालय तथा विभिन्न व्यावसायिक भवनका लागि उपयुक्त छन् । एनएस प्रमाणपत्र प्राप्तिसँगै प्राइम टायल्सले नेपाली निर्माण सामग्री उद्योगमा गुणस्तर र विश्वसनीयताका नयाँ मापदण्ड स्थापना गरेको छ ।
प्राइम टायल्स ब्रान्ड प्राइम सेरामिक्स प्राइभेट लिमिटेड (पीसीपीएल) द्वारा प्रवद्र्धित हो, जुन सन् २०२१ मा स्थापना भएको नेपालको अग्रणी सेरामिक टायल उत्पादन कम्पनी हो । रौतहट जिल्लाको बृन्दावन नगरपालिकामा अवस्थित अत्याधुनिक प्लान्टबाट फ्लोर र वाल टायल दुवै उत्पादन गर्ने नेपालको एकमात्र उद्योगको रूपमा पीसीपीएल सञ्चालनमा छ ।
वार्षिक ४० लाख वर्गमिटर उत्पादन क्षमतासहित र ३ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा स्थापित कम्पनीले छोटो समयमै बजारमा सशक्त उपस्थिति जनाएको छ । सीएमएस र फच्र्युन भेन्चर्स जस्ता प्रतिष्ठित व्यावसायिक घरानाद्वारा प्रवद्र्धित पीसीपीएल देशभर १२० भन्दा बढी डिलरहरूको सञ्जालमार्फत ग्राहकसम्म पुगिरहेको छ ।
“प्राइमः टायल्स जोड्छ जीवन” भन्ने ब्रान्ड प्रतिज्ञासहित कम्पनी उच्च गुणस्तर, भरपर्दो सेवा र दिगो विकासप्रति निरन्तर प्रतिबद्ध रहँदै आएको छ ।











प्रतिक्रिया