काठमाडौँ ।
नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई मंगलबार काठमाडौँको धुम्बाराहीबाट पक्राउ गरिएको हो।
काठमाडौँका एसएसपी रमेश थापाका अनुसार, बहुविवाहसम्बन्धी मुद्दामा अदालतले गरेको फैसला कार्यान्वयनका लागि शेर्पालाई पक्राउ गरिएको हो।
अदालतले शेर्पालाई १ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो।











प्रतिक्रिया