पोखरामा घरबाट ७.५ लाख बराबरको चोरी


काठमाडौं ।

पोखरा महानगरपालिका–१७, बिरौटा शिशुनिकेतन मार्गमा रहेको युवराज रेग्मीको घरबाट सोमबार दिउँसो करिब ७ लाख ५० हजार रूपैयाँ बराबरको नगद तथा सुनका गरगहना चोरी भएको छ।

पोखरा प्रहरीले चोरीमा संलग्न व्यक्तिको खोजी गरिरहेको छ र आवश्यक अनुसन्धान अघि बढाएको छ।